सुनको मूल्य ६०० रुपैयाँले वृद्धि
|
काठमाडौं, फागुन ११-स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५६ हजार ३०० कायम भई कारोबार भएको छ। सो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु ६०० ले वृद्धि भएको हो। बिहीबार स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ५५ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
-->
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिआंैस २३ अमेरिकी डलरले वृद्धि भई त्यसको प्रभावस्वरुप नेपाली बजारमा सुनको मूल्यवृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी सङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए।
यसैगरी, स्थानीय बजारमा बिहीबारको तुलनामा आज असली चाँदीको मूल्य प्रतितोला रु १५ ले वृद्धि भएर रु एक हजार ५५ मा कारोबार भएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला रु एक हजार ४० कायम भई बजारमा कारोबार भएको थियो। रासस
|




