होटलमा यौनकार्य गर्ने ११ पक्राउ


मनोज अधिकारी, पोखरा, फागुन ५ - प्रहरीले एकै होटलबाट यौंन व्यापारमा संलग्न ११ जनालाई पक्राउ गरेको छ। पोखरा-८ सृजनाचोकस्थित निरमाया होटलमा गएराति यौन व्यापार गरिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले ४ युवक र ७ युवतीलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुलाई सार्वजनिक अपराध मुद्दा चलाएको छ।


यस्तै गुण्डागर्दी विरुद्ध 'अप्रेशन जलकुम्भी' चलाएको कास्की प्रहरीले पछिल्लो पटक थप चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जाका प्रवेश अर्याल, पोखरा-११ का धनबहादुर विक, जितमान विक र पोखरा-३ का रविन पुन छन्।
प्रहरीका अनुसार अर्यालले ड्यामसाइडका होटल सञ्चालकहरुलाई रकम असुलीका लागि धम्क्याएका थिए। यस्तै विकद्वयले बाटुलेचौरक क्षेत्रमा खुकुरी देखाई सर्वसाधारणलाई आतंकित पारेको र पुनले शान्ति सुरक्षा खलल पार्न खोजेकाले पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता रवीन्द्र पौडेलले जानकारी दिए।