सपनामा बिहे गरेको देख्छु

-सुमिना घिमिरे, नायिका

चलचित्र दुलहीबाट नेपाली सिने क्षेत्रमा भित्रिएकी नायिका सुमिना घिमिरे अहिले व्यस्त छिन् । उनका आधा दर्जन सिनेमा प्रर्दशनको लाइनमा छन भने आधा दर्जन वढि सिनेमामा अभिनय गरिरहेकी छिन् । यिनै ब्यस्त नायिका सुमिनासँग अनलाइनखबरका लागि विजय आवाजले गरेको सपना-सम्बाद ।









- सपना कत्तिको देख्नुहुन्छ ?
देख्छु तर सधै हैन् ।
- सपनामा विश्वास लाग्छ ?
देखेको कुरा मिल्यो भने मात्र लाग्छ नत्र भने लाग्दैन ।
- सपना के हो जस्तो लाग्छ ?
सपना एउटा सुझाव हो, जसले मानिसलाई धेरै कुरा भनिरहेको हुन्छ ।
- सपना ब्लायक एण्ड ह्वाइट देख्नुहुन्छ कि रंगीन ?
म त रंगीन नै देख्छु ।
- विहानपख देखेको सपना पुरा हुन्छ भन्छन् नि, त्यस्तो लाग्छ ?
त्यस्तो त लाग्दैन । हामीले आस्था राखेको मात्र हो ।
- नराम्रो सपना देखेपछि उठ्दा कत्तिको डर लाग्छ ?
एकदमै। नराम्रो सपना देखें भने मन्दिर जान्छु र पुजा गर्छु ।
- प्रायः तपाई सपनामा के देख्नुहुन्छ ?
म धेरैजसो मन्दिरमा गएको देख्छु । आकाशमा उडिरहेको देख्छु । पुल तरेको देख्छु ।
- सपनामा कत्तिको भुत देख्नुभएको छ ?
भुत त देखेको छैन । सर्प र मानिसले लखेटेको मात्र देख्छु ।
- डरलाग्दो सपना देखेर चिच्याउनु भएको छ ?
त्यस्तो खासै छैन् ।
- सपना राम्रो देखेपछि नी ?
एकदम आनन्द लाग्छ ।
- सपना देखेपछि कसैलाई सुनाउनुहुन्छ ?
राम्रो कुरा छ भने सुनाउनुहुँदैन भन्छन् यसैले सुनाउँदिन । तर नराम्रो सपना देख्यो भने सुनाउनु पर्छ रे यसैले म त सुनाउँछु ।
- सपनामा युवकहरु कत्तिको आउछन् ?
आउँदैनन् । तर विहे भएको देखेकी छु । नचिनेको केटासँग विहे भएको, श्रीमती भएर उसको घरमा गएको देखेकी छु । चिनेको भए पो मजा आउँथ्यो।
- कोही न कोही सपनाको राजकुमार होलान, सपनामा कत्तिको आउँछन् ?
मेरो कोही ड्रिम व्वाई छैनन् र सपनामा पनि आएका आउँदैनन् ।
- सपनामा कुनै युवकसँग सम्भोग गरेको देख्नुभएको छ ?
सेक्स नै गरेको त देखेकी छैन । तर, मजाले चुम्वन गरेका देखेकी छु ।
- नढाँटी भन्नुस न कोसँग देखिंदो रहेछ प्रायः सेक्स सम्बन्ध राखेको ?
प्रायः नचिनेको मान्छेसँग मात्र देखिन्छ । चिनेको मान्छेसँग भएपो मजा आउथ्यो !
- यस्ता सपना देखेपछि अधिकांशलाई स्वप्नदोष (नाईटफल ) हुन्छ नि, तपाईलाई भएको छ ?
आनन्द त लाग्छ । तर, स्वप्नदोष भएको छैन ।
- सपना मिठो देख्दा विहान कत्तिको सिरानी च्याप्नुहुन्छ ?
छैन त्यस्तो त
- देखेको सपना सम्झनुहुन्छ ?
प्रायः राम्रो सपना मात्र सम्झन्छु ।
- सपना कहिल्यै विपना भएको छ ?
एकदुई दिन ढिलो भएपनि विपना भएको छ । एकपटक म अविर नै अविरले ढाकीएकीे थिएँ सपनामा । भोलिपल्टै अवार्ड पाएँ ।
- सपनामा कहिलेकाहीं आफैं मरेको देख्नुभएको छ ?
धेरैपटक । कहिले गोली लागेर, कहिले छुरी लागेर मरेको देखेकी छु ।
- मरेको सपना देखेर उठेपछि बाल बाल बचियो जस्तै लाग्दैन ?
विहान उठ्दा डर लाग्छ, के भइरहेका छ जस्तो लाग्छ ।
- कस्तो खालको सपना देख्दा राम्रो र नराम्रो हुन्छ भन्ने वुझ्नुभएको छ ?
उकालो चढेको, घोडा चढेको लगायतका सपना राम्रो हो भन्छन् । कालो कपडा, सेतो कपडा, पानी चलाएको सपना नराम्रो हो भन्ने लाग्छ ।
- फिल्म लाईनसँग सम्वन्धीत सपना देख्नुभएको छैन ?
एकपटक मैले अवार्ड पाएर पनि लिन नगएको सपना देखेकी थिएँ ।