पूर्व युवराज पारसको स्वास्थ्यलाभको कामना गर्दै पूजापाठ !!

चितवन, फाल्गुन ११ । चितवनमा पूर्व युवराज पारस शाहको शीघ्र्र स्वास्थ्यलाभको कामना गर्दै राष्ट्रवादी युवा समाज पिठुवा रत्ननगरले पूजापाठ गरेको छ । पूर्वी चितवनको रत्ननगर गाविसमा रहेको गायत्री हरिहर मन्दिरमा समाजले पारसको स्वास्थ्य लाभको कामना गरेको हो । 

मन्दिरका ९ जना बटुकहरुबाट होम होमादी, रुद्री चन्डी पाठ गरेका थिए ।




-->