एक हप्तामा मलेसियामा पाँच नेपालीले ज्यान गुमाए !!
|
-->
क्वालालम्पुर । मलेसियामा एक हप्तामा पाँच जना नेपाली कामदारको ज्यान गएको छ । तामिनजयामा तीन , जोहोरे र वातुपहातको जलान कोतामुनीमा रहेका कम्पनीमा कार्यरत नेपाली मजदुरको ज्यान गएको हो । तान्जानियामा रहेको एक फलाम कम्पनीमा कार्यरत पाल्पा अर्गली-१, का ३० बर्षका श्रीधर भटटराईको वुधवार ज्यान गएको हो । फलामहरु संकलन गर्न काजाङमा गएका बेला उनको ज्यान गएको हो । साँझ सात जना फर्किएर होस्टलमा आएपनि भटटराई नफर्किए पछि खोज्दै जाँदा नजिकैको रुखको फेदमुनि उनको शब फेला परेको थियो । भटटराई आठ वर्ष अगाडि रोजगारीको सिलसिलामा मलेसिया आएका थिए ।

भट्टराईको शवलाई विहिवार नेपाल पठाइएको छ । यस्तै बिहीवार सोही कम्पनीमा कार्यरत वाजुरा घर भएका धर्मराज भारतीको ज्यान गएको छ । वुधवारका दिन काम गर्दा उनी सामान्य रहेका थिए भने वेलुका पख आँखा धमिलिएको साथीहरुलाई जानकारी गराएका थिए । विहिवार विहान एक्कासि ऐया र आथ्थु गर्न थालेपछि साथीभाईहरुले उनलाई नजिकैको अस्पतालमा पुरयाएका थिए । अस्पतामा उपचारका क्रममा विहिवार दिउँसो उनको ज्यान गएको हो । हाल भारतीको शव पोसमार्टमको लागि सेरडाङ अस्पतालमा राखिएको संगै काम गर्ने राज कुमार चौधरीले अनलाइनखबरलाई जानकारी दिए ।
यस्तै तेलिन्तानमा रहेको सेन्ट्रामेलामेल कम्पनीमा कार्यरत नवलपरासि हकु-५, का ४० वर्षीय विश्वनाथ थारुको गत शनिवार ज्यान गएको छ । यसैगरी क्वालालम्पुर भन्दा करीव चार घण्टा टाढा पर्ने जोहोरमा गुल्मीका एक युवाको सुतेकै अवस्थामा ज्यान गएको छ । पूर्तीघाट गाविस वडा नम्बर २ घर भइ जोहोरमा रहेको एसविएन इण्डटि्रजमा कार्यरत वम वहादुर दलार्मिको सुतैकै अवस्थामा ज्यान गएको हो । दर्लामि रोजगारीको सिलसिलामा पाँच महिना अगाडि मात्रै मलेसिया आएको भिम तामाङले जानकारी दिए । यस्तै वातुपहातको जलान कोतामुनीमा रहेको लेम्ताक फुड एसडिएन विएचडिमा अर्का एक नेपालीको पनि ज्यान गएको छ ।
ओखलढुङा खिदिफलाट-५, घर भई कार्यरत अन्दाजी २९ वर्षीय लाक्पा शेर्पाले वुधवार राति झुण्डिएर आत्महत्या गरेका हुन् । एक महिना देखि विरामी पर्दै आएका शेर्पा कम्पनीको होस्टलमा वस्दै आएका थिए । दुवै किड्नी खराव भएको थाहा पाएपछि चिन्तित देखिएका उनले कोहि पनि साथीहरु नभएको मौका छोपेर आत्महत्या गरेका हुन । हाल उनको शवलाई पोसमार्टमको लागि स्थानिय अस्पतालमा राखिएको छ ।source:Onlinekhabar
-->
|