सामसुङ सबैभन्दा ठुलो मोवाइल उत्पादक
![]() |
लण्डन , श्रावण १८ - नोकियालाई पछि पार्दै सामसुङ विश्वकै सबैभन्दा ठुलो मोवाइल उत्पादक कम्पनी भएको छ । अनुसन्धान र्फम स्र्टाटेजी एनालाईटिक्सलाई उद्धत गर्दै विविसीले जनाए अनुसार सन् १९९८ देखि पहिले स्थानमा रहेको नोकिया सन् २०१२ को पहिलो तिन महिनाको तथ्याङको आधारमा पछि परेको हो । झन्डै १४ बर्ष अघि मोटोरालालाई पछि पार्दै नोकिया सबैभन्दा धेरै मोवाइल उत्पादन गर्ने कम्पनी बन्दै आएको थियो ।
पहिलो तिन महिनामा सामसुङले ९ करोड ३५ लाख मोवाइल फोन विक्रीका लागि पठाएको छ । यही अवधिमा नोकियाले भने ८ करेड ३० लाख फोन मात्र बजारमा पठाएको छ । यस अवधिमा सामसुङले सन् २००८ पछिको सबैभन्दा बढी नाफा गरेको हो । मार्च महिनासम्ममा कम्पनीले ४ अर्ब ५० करोड अमेरीकी डलर नाफा गरेको छ । यो अघिल्लो बर्षको सोही अवधिको तुलनामा ८१ प्रतिशत बढी हो ।
कम्पनीको स्मार्ट फोनको व्यापारमा भएको उच्च बृद्धि र टिभिको व्यापारमा नाफा दर बढेकाले यसमा उच्च बृद्धि भएको हो । सामसङले ल्याएको ग्यालेक्सी सिरिजका स्मार्ट फोनले पाएको चर्चाको कारण व्यापारमा उच्च बृद्धि भएको हो । जसका कारण यस बर्षको शुरुमा नै सामसङले सबैभन्दा ठुलो बजार भएको नोकियालाई पछारेको हो । 'मुल्य क्षेत्रमा पाएको सफलताको कारण हाम्रो नाफा लगातार बढीरहेको छ,' सामसुङकका इन्भेष्टर रिलेशन प्रमुख रोबर्ट इले भने ।
मोवाइल बजारमा को कति ?
कम्पनी विक्री भएको सेट संख्या बजार हिस्सा (प्रतिशत)
सामसुङ ९ करोड ३५ लाख २५ दशमलव ४
नोकिया ८ करोड २७ लाख २२ दशमलव ५
एप्पल ३ करोड ३१ लाख ९ दशमलव ६
अन्य १५ करोड ६७ लाख ४२ दशमलव ६
![]() |