१४ औँ एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु
|
रौतहट, असार २९ - अखिल नेपाल फुटबल सघको आयोजना तथा एनसेल नेपालको प्रायोजनामा १४ औ एनसेल राष्ट्रिय महिला फुटवल प्रतियोगिता रौतहटको चन्द्रनिगाहपुरमा शनिबारबाट सुरु हुँदै छ । खेलको लागि आयोजकले भव्य तयारी गरेको छ ।
चन्द्रनिगाहपुरको खेल मैदानमा आयोजना हुन लागेको प्रतियोगितामा २४ जिल्लाका महिला फुटवल टिम र तीन वटा बिभागिय, नेपाल एपिएफ, नेपाल पुलिस र त्रिभुवन आर्मि महिला टिम गरी २७ टिमले भाग लिएको फुटवल सघ रौतहटका अध्यक्ष नेपाल कार्कीले जानकारी दिए । रौतहट फुटबल सङ्घले समन्वय गरेको एनसेल राष्ट्रिय महिला फुटवल प्रतियोगीताको टिमलाई दुई स्थानमा बिभाजन गरी बाराको सिमरा र रौतहटको चन्द्रनिगाहपुरमा खेल खेलाइने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन खेल चन्द्रनिगाहपुरमा र समापन बाराको सिमरामा हुने भएको छ । प्रतियोगितालाई आकर्षक बनाउन बिजयी टिमलाई ३ लाख, दोश्रोलाई १ लाख पचास हजार र सेमिफाइनल सम्म पुग्ने टिमलाई ५० हजार राशीको पुरस्कारको व्यवस्था गरेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा रौतहट, नवलपरासी, ताप्लेजुङ्ग, सुर्खेत, कैलाली, सप्तरी, मोरङ्ग, बर्दिया, दोलखा, भापा, धनुषा, र नेपाल प्रहरी, सशस्त्र प्रहरी र त्रिभुवन आर्मी महिला टिमले भाग लिएका छन । एनसेलले चन्द्रनिगाहपुरस्थित पुर्वपश्चिम राजमार्गमा फुटवल प्रतियोगीताको प्रचार प्रसार भव्य रुपमा गरेको छ ।
source- ekantipur
|




