फिल्महलमा गोली चल्दा १० जनाको मृत्यु
|
कोलोराडो, श्रावण ५ - अंग्रेजी फिल्म 'दी डार्क नाइट राइजेज्'को प्रिमियरमा गोली चल्दा यहाँ कम्तिमा १० जनाको मृत्यु भएको छ । अन्धाधुन्ध फायरिङमा ४० भन्दा बढी घाइते भएका छन् ।
स्थानीय एक हलमा फिल्म चलिरहेकाबेला हतियारधारी पसेका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सीएनएनका अनुसार हतियारधारीले एकपछि अर्कोलाई ताकेर गोली हानेका थिए । 'त्यसपछि भागदौड मच्चियो,' ती प्रत्यक्षदर्शीको भनाइ छ, 'त्यसक्रममा धेरै घाइते भएका देखिन्थे ।'
source-ekantipur