उडान अवरुद्ध हुँदा दैनिक उपभोग्यवस्तु अभाव
|
सोलुखुम्बु, साउन ४ - तेन्जिङ हिलारी विमानस्थल लुक्लामा गत असार २७ गतेदेखि उडान अवरुद्ध हुँदा यात्रु समस्यामा परेका छन् । साथै दैनिक उपभोग्य सामान ढुवानीमा समस्या भएको छ।
दैनिक १० भन्दा बढी उडान नियमित हुने यो विमानस्थलमा बाक्लो हुस्सु र वर्षात्को कारण उडान भएको छैन ।
अहिले पर्यटकीय मौसम नभए पनि फाट्टफुट्ट पर्यटक आइरहने भएकाले लुक्ला आइपुगेका पर्यटक त्यहीँ रोकिएका छन्। केही पर्यटक पैदलमार्गबाट हिँड्न थालेका छन् । लगातारको झरीका कारण पैदलमार्गमा हिँड्न असजिलो हुने भएकाले पर्यटक लुक्लामै रोकिएको तारा एअरलाइन्स लुक्लाका इन्चार्ज फुनुरु शेर्पाले बताए ।
अहिले खाद्यान्न, मासु तथा तरकारीसमेतको अभाव सुरु भएको व्यवसायीको भनाइ छ। रासस
|




